थप ३३१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार ६०५ पुग्यो
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३३१ थप भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले शनिवार कोरोना संक्रमणको अद्यावधिक विवरण सार्वजनिक गर्दै देशभर संक्रमितको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिए ।
शनिवार थपिएका संक्रमितमध्ये २८२ पुरुष र ४९ महिला रहेका छन् । कोरोना संक्रमण देशभरका ७४ जिल्लामा पुगेको प्रवक्ता गौतमले बताए ।
कोरोना संक्रमण देखिएर विभिन्न अस्पतालमा उपचाररत १७६ जना पछिल्लो पटक डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ५७८ जना पुगेको प्रवक्ता गौतमले बताए ।

नेकपा सचिवालयको निर्णय : अंगीकृत नागरिकता विवाहको ७ वर्षपछि
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले वैवाहिक अंगीकृत नागरिकता ७ वर्षपछि पाउने गरी नागरिकता ऐनमा संशोधन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको नेकपा सचिवालय बैठकले वैवाहिक अंगीकृत नागरिकता विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गरेको ७ वर्ष पूरा भएपछि दिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
अहिलेको नागरिकता ऐनमा नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सहजै नागरिकता पाउने व्यवस्था छ । भारतमा विदेशी महिलाले अंगीकृत नागरिकता पाउन ७ वर्ष कुर्नुपर्ने व्यवस्था छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार एवं नेकपा प्रचार विभागका उपप्रमुख सूर्य थापाले वैवाहिक अंगीकृत नागरिकता प्राप्त गर्न विवाह भएको ७ वर्ष पूरा भएको र सम्बन्धित देशको नागरिकता परित्यागको प्रक्रिया आरम्भ गरेको प्रमाण प्रस्तुत गर्नुपर्ने व्यवस्था गरी अघि बढाउने निर्णय भएको जानकारी दिए ।
वैवाहिक अंगीकृत नागरिकताको सन्दर्भमा नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिनुपर्ने बहस संसदीय समितिमा चलिरहेको छ । यो विषयमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रवार संसदको राज्य व्यवस्था समितिमा पार्टीका सांसदसँग परामर्श गरेका थिए ।
संसदमा विचाराधीन नागरिकता विधेयको विषयमा शुक्रवार नेपाली कांग्रेसका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेका थिए ।
वैवाहिक अंगीकृत नागरिकताको दुरुपयोग भएको भन्दै यसको सीमा ७ वर्ष कायम गर्न आवाज उठिरहेको थियो । मधेश केन्द्रित दलहरूले भने अंगीकृत नागरिकतालाई सहज बनाउन माग गर्दै आएका छन् ।