०८ असार २०८३, सोमबार

त्रिनगर भन्सार नाकाबाट भित्रिए ८३ हजार नेपाली

त्रिनगर भन्सार नाकाबाट भित्रिए ८३ हजार नेपाली

कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ ।

कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजो आज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने क्रम रोकिएको छैन ।

सो नाकाबाट हालसम्म ८३ हजार २० नेपाली स्वदेश भित्रिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनले जेठ ११ देखि २६ गतेसम्म सीमानाका हुँदै भित्रिने नेपालीको सङ्ख्या धेरै हुने गरेको भए पनि अहिले भने भित्रिनेको सङ्ख्या घट्दो क्रममा रहेको बताए।

'शुरूका दिनमा दैनिक छ हजारसम्म नेपाली भित्रिने गरेका भए पनि त्यो सङ्ख्या अहिले ह्वात्तै घटेको छ', सूचना अधिकारी जोशीले भने, 'आजभोलि दिनमा चार/पाँच सयसम्म नेपाली भित्रिने गरेका छन् ।' आउने जति नेपाली नागरिक आइसकेका र भारतका धेरैजसो ठाउँमा लकडाउन खुकुलो भई उनीहरुले काम गर्ने अवसर मिलेकाले पनि अहिले भित्रिनेको सङ्ख्या कम रहेको हुनसक्ने उनको अनुमान छ ।
 

salt training

कमेन्ट गर्नुहोस्