०३ असार २०८३, बुधबार

उत्तर कोरियाविरुद्धको पर्चा फ्याँक्न नपाएपछि दक्षिणका गभर्नरलाई बमले उडाउने धम्की

असार ७, २०७७
उत्तर कोरियाविरुद्धको पर्चा फ्याँक्न नपाएपछि दक्षिणका गभर्नरलाई बमले उडाउने धम्की

दक्षिण कोरियाको ग्योङ्गी प्रान्तका गभर्नरले उत्तर कोरियातर्फ पठाइने गरेको प्योङयाङविरोधी पर्चामा रोक लगाएपछि ग्यास क्यानिस्टर विस्फोट गरिदिने धम्की अनुदारवादी समूहको एक सदस्यले दिएपछि प्रहरीले गभर्नर निवासमा सुरक्षा व्यवस्था बढाएको छ । 

जुन महिनाको आरम्भमा ग्योङ्गी सरकारले सीमाक्षेत्रका चारवटा भागमा कोही पनि जान नपाउने घोषणा गरेको थियो र सीमापारि उत्तर कोरियाविरोधी प्रचारबाजी गरिएका पर्चा फ्याँक्ने प्रयासलाई रोकेको थियो । 

त्यसको भोलिपल्ट एक अनुदारवादी समूहका एक सदस्यले फेसबूकमा एउटा पोस्ट लेखेर यसको आलोचना गरेका थिए । 

केही दिनपछि लेखिएको अर्को पोस्टमा उनले गभर्नर ली जे–म्युङको घरनजिक पर्चा पठाउने प्रतिज्ञा गरेका थिए । अनि प्रहरीले बल प्रयोग गरेमा हाइड्रोजन ग्यास क्यानिस्टर खोलेर विस्फोट गराउन नहिचकिचाउने बताएका थिए ।

प्रान्तीय सरकारी भवन तथा गभर्नरको सरकारी आवास तथा निजी घरमा प्रहरी तैनाथ गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्