१३ असार २०८३, शनिबार

पाकिस्तानी मन्त्रीले दिइन् कोभिड–१९ को फरक परिभाषा, उडाइयो मजाक (भिडियो)

असार ७, २०७७
पाकिस्तानी मन्त्रीले दिइन् कोभिड–१९ को फरक परिभाषा, उडाइयो मजाक (भिडियो)

पाकिस्तानमा जलवायु परिवर्तन राज्यमन्त्री जरताज गुलले कोभिड–१९ को निकै अनौठो र फरक परिभाषा दिएकी छन् । 

संसारभरि संक्रमण फैलाइरहेको र मृत्यु गराइरहेको यो महाव्याधिलाई मन्त्री गुलले अर्कै तरिकाले बुझेकी रहिछन् । 

एक टेलिभिजन च्यानलमा बोल्ने क्रममा उनले भनिन्, ‘कोभिड–१९ भन्नाले यसका १९ पोइन्ट हुन्छन् जुन कुनै मुुलुकमा जुनसुकै तरिकाले लागू हुन्छ र मानिसहरूले इम्युनिटी विकसित गर्नुपर्छ ।’

उनले के भन्न खोजेकी हुन् कसैले पनि बुझेन । उनको यो ज्ञानलाई सामाजिक सञ्जालमा बेस्सरी उडाइएको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्