
लामो समयदेखि संसदमा विचाराधीन नागरिकता विधेयक २०७५ माथि छलफल गर्न प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बसिरहेको छ ।
सिंहदरवारस्थित संसद सचिवालयमा जारी बैठकमा गृहमन्त्री रामबहादुर थापा उपस्थित छन् ।
बैवाहिक अंगीकृत नागरिकताको विषयमा सहमति जुटन नसक्दा समितिले यो विधेयक पारित गर्न सकेको थिएन ।
सत्तारुढ दल नेकपाले बैवाहिक अंगीकृत नागरिकताका लागि नेपाली पुरुषसँग विबाह भएको ७ वर्षपछि मात्र दिन सकिने शनिवार निर्णय गरेको थियो ।
समितिमा सर्वसम्मती हुन नसकेको अवस्थामा मतदान मार्फत पनि आइतवार नै विधेयक पारित गर्ने समितिको तयारी छ । अंगीकृत नागरिकताको लागि ७ वर्ष कुर्नु पर्ने निर्णयमा नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरू सहमत छैनन् ।