०९ असार २०८३, मंगलबार

नरेन्द्र मोदी हुन् सरेन्डर मोदी : राहुल गान्धी

असार ७, २०७७
नरेन्द्र मोदी हुन् सरेन्डर मोदी : राहुल गान्धी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँहरूसमक्ष भारतीय भूमि आत्मसमर्पण गरेको विपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले बताएका छन् । 

उनले ट्वीट गर्दै लेखे, ‘नरेन्द्र मोदी वास्तवमा सरेन्डर मोदी हुन् ।’ सरेन्डर भनेको आत्मसमर्पण हो । 

मोदीले शुक्रवार सर्वदलीय बैठकमा कोही पनि भारतीय भूभागमा नरहेको र कसैले पनि पोस्ट कब्जा नगरेको बताएका थिए । त्यही भनाइमाथि व्यंग्य कस्दै राहुलले ट्वीट गर्दै सोधे, ‘प्रधानमन्त्रीले चिनियाँ आक्रामकतासामु ​भारतीय भूभाग आत्मसमर्पण गरे । त्यो चिनियाँ भूमि नै थियो भने हाम्रा सैनिकहरू किन मारिए ? तिनीहरू कहाँ मारिए ?' 

भारतको प्रधानमन्त्री कार्यालयले चाहिँ सर्वदलीय बैठकमा मोदीले गरेको टिप्पणीको गलत अर्थ निकाल्ने प्रयास गरिएको जनायो । 

प्रधानमन्त्रीको टिप्पणी वास्तविक नियन्त्रण रेखाको परिस्थितिप्रति लक्षित रहेको जहाँ भारतको सुरक्षाबलको बहादुरीका कारण चिनियाँ सैनिकहरू गलवान उपत्यकामा प्रवेश गर्न नसकेको भनी प्रधानमन्त्री कार्यालयले स्पष्टीकरण दियो । 

भारत र चीनका सैनिकहरू पूर्वी लद्दाखका विभिन्न स्थानमा ६ हप्तादेखि आमनेसामने गरिरहेका छन् । चिनियाँ सेनाले अघिल्लो सोमवार हिंस्रक भिडन्तपछि २० जना भारतीय सैनिकको हत्या गरेका थिए भने ७६ जनालाई घाइते बनाएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्