२१ जेठ २०८३, बिहीबार

काभ्रेमा घरभित्र पस्यो सेनाको गाडी (हेर्नुस् ६ तस्बिर)

कात्तिक २०, २०७४
काभ्रेमा घरभित्र पस्यो सेनाको गाडी (हेर्नुस् ६ तस्बिर)
काठमाडौं, १६ बैशाख– काभ्रेमा नेपाली सेनाको गाडीले शनिबार बिहान सडक छेउमै रहेको एक घरलाई ठक्कर दिएको छ ।army gadi (1)_1

धुलिखेल नगरपालिका वडा नम्बर ११ स्थित पात्लेखेलमा नेपाली सेनाको बा २ झ ४८२ नम्बरको गाडी अनियन्त्रित भई घरलाई ठक्कर दिएको हो । विपरित दिशाबाट आइरहेको मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई गाडी घरको एक छेउलाई भत्काउँदैभित्र पसेको प्रत्यक्षदर्शी दिवस पौडेलले लोकान्तरलाई जानकारी दिए ।army gadi (2)

उनका अनुसार पसल समेत रहेको उक्त घरमा मानिसहरुसमेत रहेको भएपनि संयोगबस कुनै मानविय क्षति भने भएको छ ।army gadi (4)
जिल्ला प्रहरी कार्यालय काभ्रेले घटनाको जानकारी पाएसँगै घटनास्थलमा प्रहरी टोली पठाइएको भन्दै थप विवरण आउन बाँकी रहेको बताएको छ ।army gadi (5)army gadi (6)army gadi (3)



यसैबीच काभ्रेकै भकुण्डेमा पनि अर्को दुर्घटना भएको छ । बा७च २९५८ नम्बरको कार र बा१२च६७०८ नम्बरको सुमो आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा केहि यात्रु घाइते भएको र उनीहरुको उपचारको लागि धुलिखेल अस्पताल पठाइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्