०८ असार २०८३, सोमबार

बालिका बेचविखनको आरोपमा दुई जना पक्राउ

बालिका बेचविखनको आरोपमा दुई जना पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

बालिकालाई लोभ देखाएर भारतमा बेचविखन गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुपाल्चोक बाह्रबिसे घोडाथली घर भई हाल सुनसरी बस्ने कृष्ण मगर र सिन्धुपाल्चोक घर भई हाल पोखरा लेकसाइड बस्ने प्रविन तामाङलाईृ पक्राउ गरेको हो। प्रहरीले ललितपुर महानगरपालिका–५ लगनखेलबाट १३ वर्षीया बालिकालाई उद्धार पनि गरेको छ।

 लगाइदिन्छु भनी प्रलोभनमा पारेर भारतमा बिक्री गरेको भन्ने सूचनाका आधारमा खोजतलास तथा उद्धार गर्ने क्रममा भारतको रसलपुरबाट जेठ ३० गते भारतीय प्रहरीको सहयोगमा बालिकाको उद्धार गरिएको थियो । 

उनीहरुले बालिकालाई गत फागुन ११ गते काठमाडौँबाट सुनौली हुँदै भारतको उत्तर प्रदेश राज्यको पिप्रा रसलपुर पु¥याएका थिए। उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान भइरहेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्