२८ असार २०८३, आइतबार

सीमा विवादकैबीच भारतमा चिनियाँ कम्पनीको एक सय करोड डलर लगानी

असार ७, २०७७
सीमा विवादकैबीच भारतमा चिनियाँ कम्पनीको एक सय करोड डलर लगानी

चीन र भारतबीच सीमा विवाद बढिरहेका बेला भारतमा चिनियाँ सामग्री प्रयाेगविरुद्ध समेत अभियान भइरहेका छन्।

१५ जुनमा लद्दाखको गलवान घाँटीमा चिनियाँ र भारतीय सेनाबीच भएकाे झडपमा २० भारतीय सैनिक मारिएका थिए। यसपछि भारतमा चीनविराेधी नारा समेत लागिरहेका छन्।

तर दुबै देशबीच सीमा विवाद झनझन बढिरहेका बेला भारतमा चिनियाँ लगानी भित्रिएकाे छ।

बीबीसी हिन्दीका अनुसार १५ जुनमै  एक चिनियाँ मोटर कम्पनी जीडब्ल्यूएम र महाराष्ट्र सरकारबीच सहमति पत्रमा हस्ताक्षर भएकाे थियाे। याे सहमति अनुसार उक्त कम्पनीले भारतमा चरणबद्ध रुपमा एक सय कराेड डलर लगानी गर्नेछ। र ३ हजार राेजगारी प्रदान गर्नेछ। चिनियाँ कम्पनीले भारतमा लगानी बढाएकाे खबर १६ जुनमा सार्वजनिक भएकाे थियाे।

salt training

कमेन्ट गर्नुहोस्