२६ असार २०८३, शुक्रबार

कोरोना रोकथामका लागि सुदूरपश्चिमले खर्चियो साढे ५७ करोड

असार ७, २०७७
कोरोना रोकथामका लागि सुदूरपश्चिमले खर्चियो साढे ५७ करोड

सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, उपचार, व्यवस्थापनलगायतका काममा आइतबारसम्म  ५७ करोड ४८ लाख रुपैयाँ खर्च भएको जनाएको छ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कोरोना भाइरसको रोकथाम उपचार र व्यवस्थापनका लागि खडा गरिएको कोषबाट ४२ करोड ४८ लाख र प्रदेश सरकारको थप १५ करोड कोभिड–१९ को उपचार रोकथाम र व्यवस्थापनका लागि खर्च भएको जानकारी दिए।
  
कोभिड–१९ को शुरुको चरणमा प्रदेशका स्थानीय तह धनगढी उपमहानगरपालिकालाई पाँच लाख, ३३ नगरपालिकालाई  चार लाख र ५४ गाउँपालिकालाई तीन लाखका दरले रकम उपलब्ध गराइएकामा दोस्रो चरणमा राहत वितरण गर्न १५ करोड २६ लाख र तेस्रो चरणमा केही दिनअघि मात्र क्वारेन्टिन र आइसोलेशनको व्यवस्थापन गर्नका लागि ६ करोड बजेट उपलब्ध गराइएको मन्त्री शाहले बताए।  
  
यस्तै कोरोना भाइरस रोकथाम र व्यवस्थापनकै लागि प्रदेशको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, जिल्ला प्रशासन र राष्ट्रिय अनुसन्धानलाई समेत गरी एक करोड ५० लाख रकम उपलब्ध गराइएको छ । भेन्टिलेटर र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री खरिदलगायतका काममा २० करोड खर्च भएको जनाइएको छ।  

salt training

कमेन्ट गर्नुहोस्