
बलिउड नायक सुशान्त सिंह राजपूतकाे निधनपछि भारतीय प्रहरीले यस घटनामा अनुसन्धान गरिरहेकाे छ।
राजपूतले आत्महत्या गरेकाे भनिए पनि प्रहरी कारण खाेजिरहेकाे छ।
यसैबीच बिहारमा नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता भएकाे छ। उनी सुशान्तकी नजिककी साथी हुन्।
रियाले सुशान्तलाई आत्महत्या गर्न उक्साएकाे आराेप लगाइएकाे छ।
रियाले शनिबार सीजेएम अदालतमा आफ्नाे याचिका दायर गरेकी छन्। यस विषयमा २४ जुनमा सुनुवाइ हुनेछ।