×

NMB BANK
NIC ASIA

गण्डकी प्रदेशमा कुल संक्रमितको संख्यामा लफडा उत्पन्न भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीले पछिल्ला २ दिनमा जारी गरेको प्रेस विज्ञप्तिअनुसार ३ जना संक्रमित हराएका छन् ।

Muktinath Bank

स्वास्थ्य निर्देशनालयले सोमबार बिहान ६ः३० मा जारी गरेको विज्ञप्तिअनुसार प्रदेशको स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाका गरी कुल २० जना संक्रमित भेटिएका छन् । सो सहित कुल संक्रमित सख्या ५ सय ४३ पुग्नु पर्ने हो । जबकि आइतबार सम्म प्रदेशका ११ जिल्लामा गरी कुल संक्रमित ५ सय २३ पुगिसकेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतबार दिउँसो १ः१५ मा जारी विज्ञप्तिअनुसार स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), कास्की, बागलुङ र तनहुँमा भेटिएका १९ नयाँ संक्रमितसहित संक्रमित संख्या ५ सय २३ भनिएको थियो । सोमबार थप २० सहित कुल संक्रमित संख्या ५ सय ४० भनी जारी गरिएपछि लफडा उत्पन्न भएको हो ।


Advertisment
Nabil box
Kumari

यस सम्बन्धमा निर्देशनालयका स्वास्थ्य शिक्षा निर्देशक एवं फोकलपर्सन नवराज शर्माले प्रदेशमा कुल संक्रमित ५ सय २० मात्रै रहेको स्पष्ट पारे । 

Vianet communication

उनले भने, ‘हिजो (आइतबार) को विज्ञप्तिमा मिस्टेक भएछ । नवलपरासीका (सुस्ता पश्चिम) का ३ संक्रमित जोडेर ५ सय २३ गरिएको रहेछ । हामीले सच्चाउँछौं । ’ 

प्रदेशमा कोरोना संक्रमित एक महिनायता ह्वात्तै बढेको हो । हिमालपारीको जिल्ला मनाङ र मुस्ताङमा समेत कोरोना पुगेको छ । 

स्वास्थ्य निर्देशनालयका अनुसार सोमबार भेटिएका भनिएका २० नयाँ संक्रमितमध्ये ६ वर्षीया बच्चा १ जना, ७ वर्षीय बच्चा ३ जना समेत छन् । 

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका १० मध्ये ७ वर्षका ३ जना बच्चा भेटिएका हुन् । सोही पालिकामा वर्ष ३० का २ जना सहित १६, ३१ र ३८ का पुरुषसमेत छन् भने ६ वर्षीया बच्चा र ५० वर्षीया महिला छन् । 
स्याङ्जाकै कालीगण्डकी गाउँपालिकामा १४ र ४८ वर्षीय पुरुषमा समेत कोरोना पुष्टि भएको छ । 

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिकाका ८ जनामध्ये वर्ष २१ का २ जना सहित वर्ष १८, १९, २०, २९, ४२ र ५० का पुरुष छन्  ।
हेर्नोस् पछिल्लो २ दिन जारी विज्ञप्ति ः–

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x