२१ जेठ २०८३, बिहीबार

चुनाव सर्ला ? यस्तो आयो देउवाको अभिव्यक्ति

कात्तिक २०, २०७४
चुनाव सर्ला ? यस्तो आयो देउवाको अभिव्यक्ति

काठमाडौ, बैशाख १६– स्थानीय तह चुनवको मिति सर्ने चर्चा चलिरहँदा नेपाली कांग्रेसले तोकिएकै मितिमा चुनाव हुने भन्दै अनावश्यक शंका नगर्न आग्रह गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको सर्वदलीय बैठकमा चुनावको मिति सार्नेबारेमा छलफल भएको चर्चा चलिरहँदा कांग्रेस सभापति शेरबहादुर देउवाले चुनाव नसर्ने र निर्धारित मितिमै चुनाव हुने बताएका हुन् । सरकारले स्थानीय तहको निर्वाचन मिति बैशाख ३१ र जेठ ३१ को लागि तोकेको छ ।

सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय प्रचारप्रसार समन्वय उपसमितिले शनिबार पार्टी कार्यालय सानेपामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै छिट्टै संसदमा दर्ता भएको संशोधन प्रस्ताव पारित हुने र बैशाख ३१ र जेठ ३१ गते चुनाव भइछाड्ने बताए ।
मधेसी दलहरुको माग सम्बोधन गर्नको लागि नै दुई चरणमा चुनाव गर्न लागिएको भन्दै सत्तारुढ दल मधेसी दलको माग पूरा गर्न निरन्तर लागिपरेकाले केहिदिनभित्रै ठोस निकास निस्कने समेत दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्