०३ असार २०८३, बुधबार

‘बाहुबली २’ ले तोड्यो सबै रेकर्ड, पहिलो दिनमै गर्यो यस्तो कमाइ

कात्तिक २०, २०७४
‘बाहुबली २’ ले तोड्यो सबै रेकर्ड, पहिलो दिनमै गर्यो यस्तो कमाइ

काठमाडौं, १६ वैशाख– भारतीय फिल्ममध्ये ‘बाहुबली–२’ले नयाँ रेकर्ड कायम गरेको छ । फिल्मले रिलिज भएको पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने रेकर्ड राखेको हो ।

यसभन्दा पहिले शाहरुख खान अभिनित ‘रइश’ले रिलिजको पहिलो दिनमा सबैभन्दा बढी कमाइ गर्ने फिल्मको रेकर्ड बनाएको थियो । ‘रइश’ले पहिलो दिनमा २०.४२ करोडको कमाइ गरेको थियो ।

‘बाहुबली २’ भने पहिलोदिनमै १०० करोड कमाइ गरिसकेको दावी गरिएको छ ।

भारतीय फिल्म समीक्षक तरुन आदर्शले ट्वीट गर्दै ‘बाहुबली २’ ले रिलिजको पहिलो दिनमै १०० करोड कमाएको दावी गरेका हुन् ।

बाहुबलीको टिकट खरिद गर्न चलचित्र हल बाहिर लागेको भीडले पनि फिल्म कति लोकप्रिय छ भन्ने देखाउँछ । ‘बाहुबली २’ शो चल्दा भारतभरका प्राय सबै हल हाउसफुल भएका जनाइन्छ ।

फिल्म भारतलगायत संसारका विभिन्न देशमा गरी ९ हजार स्क्रिनमा रिलिज भएको छ । ‘बाहुबली २’ उत्तर कोरियाको ११ सय स्क्रिनमा समेत रिलिज भएको भारतीय संचार माध्यमले दाबी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्