१६ असार २०८३, मंगलबार

संक्रमण बढेपछि नगरपालिकाका बजार क्षेत्र १५ गतेसम्म सिल

संक्रमण बढेपछि नगरपालिकाका बजार क्षेत्र १५ गतेसम्म सिल

कोरोना संक्रमित बढ्न थालेपछि बैतडीको पाटन नगरपालिकाभित्रका बजार क्षेत्रलाई आजदेखि सिल गरिएको छ ।

सर्वपक्षीय बैठकले नगरका बजार क्षेत्र सिल गर्ने निर्णय गरेको हो । 

कोरोनाका बिरामी बढ्दै गएपछि सङ्क्रमणको जोखिम बढ्ने भएकाले बजार क्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख केशवबहादुर चन्दले जानकारी दिए ।

लकडाउन खुकुलो भएसँगै बजारमा भीडभाड बढेकाले कोरोनाको जोखिम न्यूनीकरण गर्न उक्त कदम चालिएको हो । उनले भने, 'नागरिकको जीवन रक्षाका लागि यो कदम उठाइएको हो ।'

नगरपालिकाको पाटन, मानिकाखान, खोड्पे लगायतका बजार क्षेत्र असार १५ गतेसम्म सिल गरिएका हुन् । निर्णय उल्लङ्घन गरेमा जरिवाना गरिनेछ ।

नगरपालिकाका आठ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । एक जना निको भएर घर फर्केका छन् । 

बाँकी ७ जना आइसोलेशनमा बसिरहेका  नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । 

नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थालाई आइतबार, सोमबार र बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्रै खोल्न नगरपालिकाले आग्रह गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्