०३ साउन २०८३, आइतबार

तानसेनमा सवारीसाधनमाथि खस्यो पहिरो, २ शव फेला

असार ८, २०७७
तानसेनमा सवारीसाधनमाथि खस्यो पहिरो, २ शव फेला

पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले सवारीसाधन पुरेको छ ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका डीएसपी डिल्लीनाराण पाण्डेका अनुसार मिनी ट्रक, टयांकर र एउटा मोटरसाइकल पहिरोमा परेका छन् । 

पहिरोबाट २ जनाको शव निकालिएको उनले जानकारी दिए । सम्मोबारीमा बिहान ८ बजेदेखि पहिरो जाँदा सडक अवरुद्ध थियो ।

पहिरो पन्छाउने क्रममा थप पहिरो खसेको छ । तानसेन–रिडी सडक खण्डमा पर्ने सम्मोबारी नजिक सडकमा पहिरो खसेको थियो । घटनास्थल पाल्पाको तानसेन बजारदेखि ५ किलोमिटर टाढा तम्घास जाने बाटोमा पर्छ । 

‘घटनास्थलबाट २ वटा शव निकालिएको छ । एउटा मिनिट्रक सय मिटर तल पुगेको छ । अर्को टयांकर ५०० मिटरभन्दा तल छ । एउटा मोटरसाइकल र हेलमेट देखिएको छ । घटनामा परेका १ जनालाई उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको छ,’ पाण्डेले भने ।

salt training

कमेन्ट गर्नुहोस्