
अब काठमाडौँ बाहिर जान पनि स्थानीय तहको सिफारिस चाहिने भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार एक सूचना जारी गरेर उपत्यकाबाहिर जाँदा नियमपूर्वक क्वारेन्टाइनमा राख्ने व्यहोरा सम्बन्धित स्थानीय तहले प्रमाणित गरेपछि मात्रै पास वितरण गर्ने उल्लेख गरेको हो।
स्थानीय तहमा जानका लागि पास माग गरिन्छ सोही स्थानीय तहले नियमपूर्वक क्वारेन्टिनमा राख्नेबारे प्रमाणित गरेर पढाउनु पर्नेछ।
काठमाडौँ प्रशासनले बिहान १० बजेदेखि १२ बजेसम्म निवेदन संकलन गर्ने छ। औचित्यको आधारमा दिउँसो साढे २ बजेपछि पास वितरण गर्नेछ।