१५ असार २०८३, सोमबार

मैत्री अस्पताललाई पिसिआर विधिबाट कोरोना परीक्षण गर्न अनुमति

मैत्री अस्पताललाई पिसिआर विधिबाट कोरोना परीक्षण गर्न अनुमति

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरिया मैत्री नगरपालिका अस्पतालले पोलिमराइज चेन रिएक्सन (पिसिआर) प्रयोगशाला सञ्चालनको स्वीकृति पाएको छ। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले सोमबार उक्त अस्पतालमा कोभिड–१९ को परीक्षण गर्ने पिसिआर ल्याब सञ्चालनका लागि अनुमति दिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिए।

नगरपालिका यसअघि नै पिसिआर ल्याब सञ्चालनमा ल्याएर ७ सय ७१ जनाको कोरोना परीक्षण गरे पनि अनुमति नपाउँदा अन्योलमा परेको थियो । 

 यसअघि भक्तपुर अस्पतालमा सङ्कलन भएको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाउँदै आएकामा अब भक्तपुरको परीक्षण यही ल्याबमा मङ्गलबारदेखि नै परीक्षण शुरु गरिने छ।

नगरपालिकाले अस्पतालमा विश्व महामारीका रुपमा फैलिएको कोभिड–१९ को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स,आइसोलेशनदेखि क्वारेन्टिनसम्म तयारी अवस्थामा राखेको छ ।     
अस्पतालमा २६ डाक्टर र पाँच कन्सल्टेन्टसहितको स्वास्थ्यकर्मीको टोलीलाई आवासीय सुविधासहित २४सै घण्टा अलर्टमा राखिएको जनाइएको छ।


 
  

salt training

कमेन्ट गर्नुहोस्