०९ असार २०८३, मंगलबार

साझा पार्टीबाट ललितपुरको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा

कात्तिक २०, २०७४
साझा पार्टीबाट ललितपुरको मेयर र उपमेयरमा उम्मेदवारी घोषणा

काठमाडौं, १६ वैशाख– आसन्न स्थानीय निर्वाचनका लागि पूर्वपत्रकार रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टी नेपालले ललितपुर महानगरपालिकाका लागि मेयर र उपमेयरका उम्मेदवार घोषणा गरेको छ ।

ललितपुरको मेयरमा साझा पार्टीले केन्द्रीय संयोजन समितिका सदस्य रमेश महर्जन र उपमेयरमा शोभा शाक्यलाई अगाडि सारेको हो ।

साझा पार्टी निर्वाचन आयोगमा दर्ता नभइसकेको अवस्थामा दुवै जनाले स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लड्ने छन् ।

रमेश महर्जन नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष हुन् । उनी नेपाल चेम्बर अफ कमर्सको कार्य समितिका सदस्य पनि हुन् । हाल उनी २०७२ को महाभूकम्पपछि पाटनको पिलाँछेलाई पर्यटन र सँस्कृतिको केन्द्र बनाउने अठोटसहित स्थानीयको सहभागीतामा झण्डै १०० भवनलाई परम्परागत नेवाः वास्तुकलामा पुनर्निर्माण गर्ने कार्यको नेतृत्व गरिरहेका छन् ।

यस्तै शोभा शाक्य धार्मिक तथा सामाजिक कार्यमा सक्रिय व्यक्ति हुन् । हाल उनी शाक्यसिंह विहारकी उपाध्यक्ष छिन् । शाक्यले पाटन औद्योगिक क्षेत्रमा रहेको आफ्नो उन तथा हस्तबुनाई कारखानामा ५०० भन्दा बढी महिला कामदारलाई रोजगारी दिएकी छिन् ।

salt training

कमेन्ट गर्नुहोस्