११ असार २०८३, बिहीबार

नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुससहित पक्राउ

नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुससहित पक्राउ

सर्लाहीको हरिपुर नगरपालिकाका लेखा अधिकृतसहित दुई जना घुस लिएको अभियोगमा पक्राउ परेका छन्।

 नगरपालिकाका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रञ्जितकुमार राय यादव सो अभियोगमा पक्राउ परेको सर्लाही प्रहरीले जनाएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयबाट खटिएको टोलीले मंगलबार साँझ उनीहरुलाई चार हजारसहित  पक्राउ गरेको जनाइएको छ।

 सेवाग्राहीलाई भुक्तानी दिँदा अभियुक्तले कमिसन मागेको आयोगले आरोप लगाएको छ।

उनीहरुलाई  मुचुल्का संकलन गरी नगरपालिका कार्यालयबाट आयोगको कार्यालय बर्दिवास लगिएको कार्यालयले जनाएको छ। आवश्यक कारवाहीका लागि आयोगको केन्द्रीय कार्यालय टङ्गाल बुधबार पठाइने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्