२८ असार २०८३, आइतबार

बालकोट पुगेर पनि ओलीलाई मनाउन सकेनन् देउवाले

कात्तिक २०, २०७४
बालकोट पुगेर पनि ओलीलाई मनाउन सकेनन् देउवाले

काठमाडौं, १६ वैशाख– संविधान संशोधनको पक्षमा मतदान गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई मनाउने कांग्रेस सभापति शेरबहादुर देउवाको प्रयास पुनः असफल भएको छ ।

संविधान संशोधनका विषयमा कुरा गर्न देउवा शनिबार एमाले अध्यक्ष केपी ओली निवास बालकोट पुगेका थिए । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौलालाई साथ लिएर बालकोट पुगेका देउवाले एमाले अध्यक्ष ओलीबाट ‘संशोधनमा समर्थन गर्न नसकिने’ जवाफ पाए ।

साथै एमाले अध्यक्ष ओलीले संविधान संशोधनका लागि एमालेबिना दुईतिहाइ पुर्याउँछु भन्ने भ्रम नपाल्न पनि देउवालाई आग्रह गरे ।

यसअघि प्रधानमन्त्री प्रचण्डले पनि ओलीलाई संशोधनका पक्षमा ल्याउन हरसम्भव प्रयास गरेका थिए । तर, ओलीले कुनैपनि हालतमा संशोधनको पक्षमा ‘मतदान’ गर्न नसकिने बताएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्