१२ साउन २०८३, मंगलबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एकैदिन २० उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  एकैदिन २० उडान

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार एकैदिन आन्तरिक र अन्तर्राष्ट्रिय गरी २० उडान भएका छन्।

ती उडानमध्ये अन्तर्राष्ट्रियतर्फ सर्वाधिक १४ उडान भएको विमानस्थल कार्यालयले जनाएको छ। लकडाउनपछि यो हालसम्मकै बढी उडान हो।

यी सबै उडान यात्रु चार्टर्ड तथा कार्गो हुन् । यसअघि सोमबार अन्तर्राष्ट्रियतर्फ १० र आन्तरिकतर्फ सात यात्रु उद्धार तथा कार्गो उडान भएको थियो । अन्तर्राष्ट्रिय विमानस्थलमा गत आइतबार १६ र शनिबार १५ उडान भएको थियो ।

मंगलबार नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले अष्ट्रेलियाको सिड्नीबाट २५८, माल्दिभ्सबाट १४३, र थाइल्याण्डको बैंककबाट दुई उडानबाट क्रमशः ७८ र १२ नेपालीको उद्धार उडान गरी काठमाडौँ ल्याएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले कतारको दोहाबाट १४४ र अबुधाबीबाट ५ नेपाली काठमाडौँ ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। जजिरा एयरले कुवेतबाट १६० यात्रु ल्याएको छ।

त्यसैगरी नेपाली यात्रु लिन नेपाल एयरलाइन्सको जहाज माल्दिभ्सको जेधाह प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स कुबेत र साउदी अरेबियाको दमाम उडेको छ । सोही एयरलाइन्सको जहाजले चीनको चाङ्सामा दुई कार्गो उडानका लागि त्यसतर्फ प्रस्थान गरेको विमानस्थलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मंगलबार नै जजिराले कुवेत र हिमालयले चाङ्साबाट कार्गो उडान गरेका छन् । बुधबार पनि अन्तर्राष्ट्रियतर्फ १० उडान हुने कार्यतालिका सार्वजनिक गरेको छ । दोहा, दमाम, अबुधावी जेधाह, कुवेत इस्तानबुल, जेधाह र जापानको नारितामा चार्टर्ड उडान हुनेछ ।

हिमालयले दमाम, कुबेत र अबुधाबीबाट समान सङ्ख्या १५४ यात्रु ल्याउनेछ भने टर्किस एयरलाइन्सले इस्तानबुलबाट दुई उडानमा २८० का दरले यात्रु ल्याउने विमानस्थलले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्