२७ असार २०८३, शनिबार

कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय नाघ्यो
प्रतिकार्यात्मक तस्वीर।

कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार तीन सय नाघेको छ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार संक्रमितको संख्या एक हजार तीन सय सात पुगेको हो।

पछिल्लो २४ घन्टामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको पिसिआरमा २० र कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पाँच गरी जम्मा २५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ।

प्रतिष्ठानमा जुम्लामा कोरोना संक्रमण पुष्टि भएकामा दैलेख नारायण नगरपालिकाका १८, नौमुले गाउँपालिकाका एक र कालीकोट रास्कोट नगरपालिकामा एक जना रहेको महाशाखा प्रमुख डा तिवारीले बताए। उनका अनुसार सुर्खेत चिङ्गाड गाउँपालिकाका एक र पञ्चपुरी नगरपालिकाका १८ महिनाकी बालिकासहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 
कर्णाली प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा पिसिआर रिपोर्टमा कोरोना संक्रमण देखिएसँगै सुर्खेत अस्पतालमा उपचाररत दुल्लु नगरपालिका ३ दैलेख निवासी ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट सोमबार राति ९ः३० बजे मृत्यु भएको थियो। शव नेपाली सेनाले आजै व्यवस्थापन गरेको छ । यससँंगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको महाशाखाले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्