
हेटौंडाका एक युवा व्यवसायी बुधवार बिहान जंगलमा मृतावस्थामा भेटिएका छन् ।
व्यवसायीको शव हेटौंडा उपमहानगरपालिका–१ भैरवडाँडाको जंगलमा भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडा–५ सानोपोखराका ३० वर्षीय पविनमान श्रेष्ठको शव बुधवार फेला परेको हो । राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनी मृत भेटिएका हुन् ।
श्रेष्ठको शव नजिक किटनाशक औषधिसमेत फेला परेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि हेटौंडा अस्पतालमा लगिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक श्रेष्ठ जग्गासम्बन्धी कारोबार गर्ने व्यक्ति भएको जनाइएको छ ।