
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ का वडाध्यक्ष देवेन्द्र पुनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
काठ लिलाम तथा निकासीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग तीन लाख घुस लिएको आराेपमा अख्तियारले उनलाई पक्राउ गरेकाे थियाे।
उनले आफ्नो वडाभित्र काठको काम गर्दा प्रतिक्युफिट ३० का दरले घुस दिनुपर्छ भनी सेवाग्राहीसँग उक्त रकम असुलेको पाइएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए।
पुनले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर अपराध गरेको माग दाबीसहित अख्तियारले तीन लाख विगाे कायम गरी बधुबार विशेष अदालतमा मुद्दा चलाएकाे हाे।