०८ साउन २०८३, शुक्रबार

लोट्री परेको भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ

लोट्री परेको भन्दै करोडौँ ठगी गर्ने सात जना पक्राउ
प्रतिकार्यात्मक तस्वीर।

महानगरीय अपराध महाशाखाले ‘सामाजिक सञ्जालको प्रयोग गरी लोट्री परेको छ’ भन्दै करोडौँ गर्ने सात जनालाई पक्राउ गरेको छ।

महाशाखाले उपत्यकाका विभिन्न स्थानबाट  झापा, भद्रपुर नगरपालिका घर भई काठमाडौँ बस्दै आएका पुकार बर्मा, काभ्रे सिम्थलीका नविन भण्डारी, रौतहटका आकास अग्रवाल, भारत विहारका एमडी सर्फराज, रौतहटका एस अग्रवाल, पर्साका कृष्णप्रसाद साह र सुनिल साहलाई पक्राउ गरेको हो। उनीहरुलाई अनुसन्धानका लागि बुधबार महानगरीय प्रहरी परिसर, काठमाडौँ पठाइएको महाशाखाले जनाएको छ।

यसरी ठगीमा नेपाल र भारतको गिरोह नै सक्रिय भएको महाशाखाको अनुसन्धानमा खुलेको प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए। गिरोहले भाइबर, ह्वाट्स एप, इमेललगायत सामाजिक सञ्जालको प्रयोग गरी उनीहरुलाई ठगी गरेका थिए । 

अहिलेसम्म उनीहरुबाट एक करोडौँभन्दा बढी रकम ठगेको अनुसन्धानमा खुलेको कार्कीले जानकारी दिए। उनीहरुले विभिन्न व्यक्तिको खाताबाट ठूलो रकम निकालेकोसमेत फेला परेको छ ।

salt training

कमेन्ट गर्नुहोस्