
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोबीच बुधबार टेलिफोनमा वार्ता भएको छ।
ज्ञवाली र पोम्पियोबीच कोभिड १९ महामारी र समसामयिक विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
दुवै देशका सरकारले नागरिकको जीवन रक्षाको लागि गरेका प्रयासको पनि प्रशंसा गरेका थिए।
उनीहरुबीच विकास परियोजनामा हुने साझेदारीको महत्वका बारेमा पनि छलफल भएको परराष्ट्र मन्त्रालयले उल्लेख गरे पनि परियाेजनाबारे थप विवरण उल्लेख गरेकाे छैन।
Foreign Minister Hon.@PradeepgyawaliK and US Secretary of State H.E.@SecPompeo had telephone conversation this afternoon and shared experiences of the fight against COVID-19, appreciated protection and care provided to each other's nationals. @bairagi_shanker @NirmalRajKafle
— MOFA of Nepal 🇳🇵 (@MofaNepal) June 24, 2020