३० असार २०८३, मंगलबार

भारतः चट्याङबाट बिहारमा ८३ र युपीमा २४ जनाको मृत्यु

असार ११, २०७७
भारतः चट्याङबाट बिहारमा ८३ र युपीमा २४ जनाको मृत्यु

भारतको बिहार र उत्तरप्रदेश (युपी) राज्यमा बिहीबार चट्याङ खस्दा  एक सय सात जनाको मृत्यु भएको छ।

बीबीसी हिन्दीका अनुसार चट्याङबाट बिहारमा ८३ र युपीमा २४ जनाको ज्यान गएको हो।

बिहार राज्यका २३ जिल्लामा चट्याङबाट मानवीय क्षति भएको छछ । बिहारको गोपालगञ्जमा सबैभन्दा बढी १३ जनाको मृत्यु भएको छ । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गरेका छन्। ट्वीट गर्दै उनले  भनेका छन्, ‘बिहार र उत्तर प्रदेशका केही जिल्लामा भारी वर्षा र चट्याङ खस्दा केही व्यक्तिको निधन भएको दुखद समाचार मिलेको छ। ’

 

salt training

कमेन्ट गर्नुहोस्