
काठमाडौं उपत्यकामा थपिए कोरोनाका ९ संक्रमित,हेर्नुहोस् देशभर कुन जिल्लामा कति ?
काठमाडौं उपत्यकामा थप ९ जना कोरोना संक्रमित फेला परेका छन् ।
काठमाडौंमा ४, भक्तपुरमा ४ र ललितपुरमा १ जनामा कोभिड- १९ संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको छ ।
नेपालमा कोरोनाभाइरस (कोभिड- १९)बाट संक्रमित हुनेको कुल संख्या भने ११ हजार १६२ पुगेको छ ।
पछिल्लोपटक ४ सय ३४ जनामा संक्रमण देखिएको पुष्टि स्वास्थ्य मन्त्रालयले बिहीवार गरेको छ ।
कुल संक्रमितमध्ये २ हजार ६ सय ५० जना अस्तालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा २ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।
संक्रमितमध्ये २६ जनाको मृत्यु भएको छ । पछिल्लोपटक २ जनाको मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
संसदमा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र जवाफ पेश गर्न सर्वोच्चको निर्देशन
सर्वोच्च अदालतले संघीय व्यवस्थापिकामा हिन्दी भाषा बोल्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न प्रतिनिधिसभा र राष्ट्रिय सभालाई निर्देशन दिएको छ ।
न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले संसदमा नेपाली भाषा बोल्न विधायकहरूलाई किन नलगाएको कारण समेत मागेको छ ।
यसअघि अधिवक्ताद्वय केशरजंग केसी र लोकेन्द्र ओलीले सरकारी कामकाजको भाषा नेपाली भएकाले संसदमा नेपाली मात्रै प्रयोग हुनुपर्ने भन्दै रिट निवेदक दायर गरेका थिए ।
‘संविधानको धारा ७ (१) मा सरकारी कामकाजको भाषा देवनागरी लिपीमा लेखिने नेपाली भाषा हुनेछ भनिएको छ । संविधानको धारा १ (२) र धारा ४८(ख) मा संविधान र कानुनको पालना गर्नु नागरिकको कर्तव्य हुनेछ भनिएको छ । त्यसकारण विधायकहरू संघीय संसद्का दुवै सदनमा बोल्ने सरकारी कामकाजकै लागि हो । जो इतिहाससम्म अभिलेख हुन्छ । अतः दुवै सदनमा नेपाली भाषा मात्र बोल्नुपर्छ,’ निवेदकको माग छ, ‘यसअघि विधायक सरिता गिरी र अमृता अग्रहरीले बोलेको हिन्दी भाषा संसद्को अभिलेखबाट हटाउन (डिलिट) गर्न माग । संविधानको धारा १३३(२)(३) बमोजिम उत्प्रेषणको आदेश हिन्दी भाषामा बोलिएको सामग्री हटाइ र बदर गरी नेपाली मात्र बोल्नु/बोलाउनु भनी संघीय संसद्का दुवै सदनका नाममा परमादेश जारी गर्न माग ।’
सर्वोच्च अदालतले संसदमा बोलिने भाषाको विषयमा अन्तरिम आदेश भने दिएन ।
कोरोनाबाट थप २ जनाको मृत्यु,मृतकको संख्या २६ पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण भएका मृतकको संख्या २६ पुगेको छ ।
पछिल्लोपटक २ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।
स्याङ्जा आँधीखोलाका एक जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ललितपुरको महालक्ष्मी– ५ घर भएका अर्का एक जनाको पाटन अपस्तालमा मृत्यु भएको प्रवक्ता गौतमले बताए ।
ललितपुरमा मृत्यु भएका व्यक्तिको ५ महिनाअघि मिर्गौला प्रत्यारोपण गरिएको उनले जानकारी गराए ।
कोखा दुखेपछि नर्भिक अस्पताल भर्ना भएका उनलाई पछि पाटन अस्पताल रिफर गरिएको थियो ।
पोखरामा संक्रमितको शव व्यवस्थापन गर्दा स्थानीय विरोधमा उत्रिएपछि हवाईफायर
कोरोना संक्रमितको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा बिहीवार स्थानीयले विरोध जनाएका छन् ।
उपचारका क्रममा बुधवार राति मृत्यु भएका स्याङ्जाका ५५ वर्षीय पुरुषको शव व्यवस्थापन गर्ने क्रममा पोखरा महानगरपालिका–३२ मजुवाका स्थानीयले विरोध जनाएका हुन् । सोक्रममा प्रहरी र स्थानीयबीच झडप समेत भएको छ ।
पोखरा महानगरको डोजरले खाल्डो खन्न लागेको थाहा पाएपछि स्थानीय सो ठाउँमा शव गाड्न नपाइने भन्दै विरोधमा उत्रिएका थिए । प्रहरी र स्थानीयबीचको झडपबीच पनि बिहीवार दिउँसो शव व्यवस्थापन सम्भव भएको महानगरका सूचना अधिकारी भरतराज पौडेलले जानकारी दिए ।
स्थानीयले तोडफोड र ढुंगामुढा गर्न उत्रिएपछि प्रहरीले हवाइफायर गरी तितरबितर पारेको थियो भने केहीलाई नियन्त्रणमा लिएको छ ।
कास्कीका प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) सुवास हमालका अनुसार ८ राउन्डसम्म हवाइ फायर गरिएको हो । विरोध गर्ने ८ जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गत जेठ ८ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएका स्याङ्जाका ५५ वर्षीय ती पुरुषको बुधवार राति ११ बजेर ३५ मिनेटमा मृत्यु भएको थियो ।
डिस्चार्ज हुने कोभिड संक्रमितको संख्या २६ सय ५० पुग्यो,थप २ सय १२ डिस्चार्ज
नेपालमा अस्तालबाट डिस्चार्ज हुने कोभिड- १९ संक्रमितको संख्या २ हजार ६ सय ५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा २ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।
कोरोनाभाइरस (कोभिड- १९)बाट संक्रमित हुनेको कुल संख्या भने ११ हजार १६२ पुगेको छ ।
पछिल्लोपटक ४ सय ३४ जनामा संक्रमण देखिएको पुष्टि स्वास्थ्य मन्त्रालयले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।
थप ४ सय ३४ जनामा कोभिड-१९ संक्रमण,संक्रमितको संख्या ११ हजार १६२ पुग्यो
नेपालमा कोरोनाभाइरस (कोभिड- १९)बाट संक्रमित हुनेको संख्या ११ हजार १६२ पुगेको छ ।
पछिल्लोपटक ४ सय ३४ जनामा संक्रमण देखिएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार पत्रकार सम्मेलन गरी दिएको छ ।
नयाँ संक्रमित कुन जिल्लामा कति ?
पाल्पा १२२
कञ्चनपुर ६०
रौतहट ३८
दैलेख १९
बझाङ १८
सुर्खेत १३
अछाम १३
डडेल्धुरा १२
धनुषा ९
तनहुँ ९
सप्तरी ८
बाजुरा ८
नवलपरासी ८
प्युठान ७
रुपन्देही ७
बर्दिया ६
सुनसरी ६
म्याग्दी ६
महोत्तरी ५
सर्लाही ५
बाँके ४
काठमाडौं ४
भक्तपुर ४
कैलाली ३
बैतडी ३
कालिकोट ३
ताप्लेजुङ ३
सिरहा २
बाग्लुङ २
धादिङ २
गोरखा २
ओखलढुंगा २
रामेछाप २
ललितपुर १
झापा १
मोरङ १
बारा १
डोल्पा १
स्याङ्जा १
रुकुम पूर्व १
दार्चुला १
इलाम १
जुम्ला १
कास्की १
लमजुङ १
सल्यान १
दाङ १
गुल्मी १
इलाम १
जुम्ला १
खोटाङ १
लमजुङ १
कुल संक्रमितमध्ये २ हजार ६ सय ५० जना अस्तालबाट डिस्चार्ज भएका छन् ।
पछिल्लो २४ घण्टामा २ सय १२ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए ।
बालुवाटारमा ओली प्रचण्डबीच भेटघाट
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच बिहीवार बालुवाटारमा भेटवार्ता भएको छ ।
बुधवार शुरू भएको स्थायी कमिटीमा अध्यक्षद्वयबीच घोचपेच चलिरहेको समाचारहरू बाहिरिएका बेला बिहीवारको भेटघाटलाई अर्थपूर्ण मानिएको छ ।
अध्यक्षद्वयबीच शुक्रवार बस्ने स्थायी कमिटीको दोस्रो दिनमा छलफल हुने एजेण्डाका बारेमा कुराकानी भएको स्रोतले दाबी गरेको छ ।
अध्यक्षद्वयबीच २ घण्टा जति भेटघाट भएको थियो । करीब १ बजे बालुवाटार पुगेका अध्यक्ष प्रचण्ड ३ बजे बाहिरिएका थिए ।