
बाजुराको गौमूल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाको पहलमा वडा नम्बर १ अन्द्राडी बस्तीका लागि प्राप्त आर्थिक सहयोगबाट राहत वितरण गरिएको छ ।
लामो समयदेखि अमेरिकाको न्युयोर्कमा बस्दै आएका मिङ्गमा शेर्पाले आर्थिक सहयोग गरेका हुन् ।
काठमाडौं घर भएका शेर्पाले ९५० अमेरिकी डलर सहयोग पठाएका हुन् । सो रकमबाट चामल, तेल र साबुनका साथै प्रतिपरिवार ५०० रुपैयाँ वितरण गरिएको छ ।