०८ साउन २०८३, शुक्रबार

नेकपालाई परराष्ट्रमन्त्रीको ब्रिफिङ– ३ पटक ताकेता गर्दा पनि वार्ताका लागि तयार भएन भारत

नेकपालाई परराष्ट्रमन्त्रीको ब्रिफिङ– ३ पटक ताकेता गर्दा पनि वार्ताका लागि तयार भएन भारत

भारतसँगको सीमा समस्या समाधानबारे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेकपा सचिवालय बैठकलाई ब्रिफिङ गरेका छन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको सचिवालय बैठकमा मन्त्री ज्ञवालीले गत नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका हुन् । 

मन्त्री ज्ञवालीले भारतसँग नोभेम्बर, डिसेम्बर र जनवरीमा वार्ताका लागि पहल गरेपनि भारतले चासो नदेखाएको बैठकलाई जानकारी गराएको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिए ।

भारतले नयाँ नक्सा प्रकाशित गरेलगत्तै कूटनीतिक नोट पठाएर विरोध जनाएको मन्त्री ज्ञवालीले बताए । 

बैठकमा सदस्यहरूले कालापानी लिम्पियाधुरा र लिपुलेक समेटेर नयाँ नक्सा जारी गरेकोमा समर्थन जनाएका थिए । 

शुक्रवारको बैठकमा बोल्ने लीलामणि पोखरेल, बेदुराम भुसाल, मातृका यादव र पम्फा भुसाललगायत सदस्यहरूले नयाँ नक्सामा समेटिएको नेपाली भूमिमा भोगचलन गर्नका लागि सरकारले कूटनीतिक पहललाई तीब्र बनाउनु पर्ने बताएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्