
नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या ११ हजार ७५५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पाल्पामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी दाङमा ७५, रौतहटमा ५१ र डोटीमा ४६ जनामा संक्रमण भेटिएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा पनि कोरोनाका ३ संक्रमित थपिएका छन्, तीनैजना काठमाडौंका हुन् ।
कुल संक्रमितमध्ये २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।
मृतकको संख्या भने २७ पुगेको छ । दाङमा मृत अवस्थामा भेटिएकी महिलामा संक्रमण पुष्टि भएसँगै संख्या २७ पुगेको मन्त्रालयले जनाएको छ ।
हेर्नुहोस्, नयाँ संक्रमित कुन जिल्लामा कति ?
पाल्पा ७६
दाङ ७५
रौतहट ५१
डोटी ४६
कञ्चनपुर ४२
कैलाली ३१
बाजुरा २७
बैतडी २५
गुल्मी २५
नवलपुर २३
कपिलवस्तु २१
प्युठान २०
धनुषा १५
चितवन १२
सुर्खेत १२
सुनसरी १०
बझाङ ९
लमजुङ ६
सिरहा ६
रुपन्देही ६
गोरखा ६
दैलेख ५
महोत्तरी ४
सल्यान ४
जुम्ला ३
दार्चुला ३
काठमाडौं ३
सिन्धुली ३
अर्घाखाँची ३
जुम्ला ३
बारा २
तनहुँ २
कास्की २
जाजरकोट २
अछाम १
नुवाकोट १
बाग्लुङ १
स्याङ्जा १
नवलपरासी १
मुगु १