०४ असार २०८३, बिहीबार

थप १० वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

असार १३, २०७७
थप १० वटा सरकारी अस्पतालमा कोरोना परीक्षण हुने

सरकारले कोरोनाको पीसीआर परीक्षणका लागि थप दश वटा प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

यसअघि २३ वटा प्रयोगशाला सञ्चालनमा आएकोमा परीक्षणको दायरा बढाउन थप प्रयोगशाला सञ्चालनमा ल्याउन लागिएको हो ।

थप सञ्चालन गर्न लागिएका प्रयोगशालामा मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेनाको अस्पतालमा कोरोना परीक्षण गर्ने निर्णय गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्