वालिङ, १६ वैशाख - स्याङ्जाको ओरष्टेबाट बिरुवा बजारतर्फ जाँदै गरेको जिप आज दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन् ।
ग१ज ५९४३ नंको जिप पल्टिँदा त्यसमा सवार बिरुवा अर्चले गाउँपालिका–४ का ३१ वर्षीय बेलबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । थापाको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
गम्भीर घाइते पाँचजनालाई उपचारका लागि पोखरा पठाइएको छ । फरार जिप चालकको प्रहरीले खोजी गरिरहेको छ । रासस