१६ असार २०८३, मंगलबार

चितवनमा खर्च हुन सकेन विकास बजेट

असार १३, २०७७
चितवनमा खर्च हुन सकेन विकास बजेट

चितवनमा संघीय सरकार र प्रदेश सरकारले विकास निर्माणका लागि विनियोजना गरेको बजेट खर्च प्रभावकारी रुपमा हुन नसकेको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाको विकास निर्माणका लागि विनियोजित बजेटमध्ये संघीय सरकारको ४१ दशमलव ३९ प्रतिशत र प्रदेश सरकारको २१ दशमलव ४६ प्रतिशत मात्र खर्च भएको छ । 

कार्यालयका सूचना अधिकारी कोष नियन्त्रक शरद भट्टराईका अनुसार संघीय सरकारबाट विनियोजित बजेटमध्ये २ अर्ब ४२ करोड ७६ लाख ९५ हजार मात्र खर्च भएको छ । जसमा कूल विनियोजित बजेट ५ अर्ब ८७ करोड ६९ लाख ३ हजार रहेको छ । प्रदेश सरकारले जिल्लाको विकासका लागि २ अर्ब ५२ करोड १२ लाख ३३ हजार विनियोजन गरेको थियो । जसमध्ये ५४ करोड ९ लाख ६६ हजार मात्र खर्च भएको छ । 

विकास निर्माणका काम हुने समयमा कोरोना भाइरसको संक्रमणका कारण काम हुन नसकेको र निकासा लिनुपर्ने व्यक्ति कार्यालयसम्म आउन कठिन भएका कारण निकासामा ढिलाइ भएको उनले जानकारी दिए । निकासा लिनका लागि असार महिनामा मात्र कार्यालय आउने परम्पराका कारण अहिले कार्यालयमा निकासाका लागि आउनेको भीड लाग्ने गरेको उनले बताए ।

सरकारले स्थानीय तहलाई बजेट विनियोजन गर्दा चालु खर्चमा समेत विकास निर्माणका लागि पठाएका कारण सो खर्चबाट समेत विकास निर्माणका काम भइरहेको उनको भनाइ छ । सशर्त अनुदान र निसर्त अनुदानको रुपमा स्थानीय तहहरूमा विकासका बजेट आउने गरेको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्