०७ असार २०८३, आइतबार

कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको निधन

असार १४, २०७७
कार दुर्घटनामा रुपन्देहीका पत्रकार पाण्डेको निधन

सवारी दुर्घटनामा परी रुपन्देहीमा एक पत्रकारको मृत्यु भएको छ । 

शनिबार राति सिद्धार्थ राजमार्गको बुटवल भैरहवा सडक खण्ड अन्तरर्गत तिलोत्तमाको ड्राइभरटोलमा बा७च ६९५९ नम्बरको कार दुर्घटना पत्रकार कृष्ण पाण्डेको मृत्यु भएको हो । 

तिलोत्तमा–६ मा बस्दै आएका पत्रकार आफैले कार चलाएका थिए । २८ वर्षिया पाण्डे न्यूज २४ टेलिभिजनको रुपन्देही संवाददाता थिए ।  पत्रकारितासँगै उनी संगीतको क्षेत्रमा पनि क्रियाशील थिए । 

बुटवलबाट घर जाँदै गर्दा ६ लेन सडकको डिभाइडरमा ठोक्किएर कार दुर्घटना भएको इलाका प्रहरी कार्यालय मंगलापुरका प्रहरी निरीक्षक लक्ष्मण थापाले बताए । 

कार तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको उनले बताए । 

दुर्घटनामा परी टाउकोमा गम्भीर चोट लागेका उनलाई बुटवलको चौराहा हस्पिटल प्रालिमा उपचारका लागि ल्याइए पनि अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । 

उनको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राखिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्