१९ असार २०८३, शुक्रबार

निर्वाचन तयारीबारे काँग्रेसको परामर्श

कात्तिक २०, २०७४
निर्वाचन तयारीबारे काँग्रेसको परामर्श

काठमाडौँ, १६ वैशाख - नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नजिकिएको स्थानीय तहको निर्वाचनको आन्तरिक तयारीबारे पार्टीका पदाधिकारी तथा नेतासँग आज परामर्श गर्नुभएको छ ।cONGRESS_1

पार्टी केन्द्रीय कार्यालय, सानेपामा भएको छलफलमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा सशाङ्क कोइरालासहितका पदाधिकारी तथा केही केन्द्रीय सदस्यहरुको उपस्थिति थियो ।

बैठकमा विशेष गरी निर्वाचनको आन्तरिक तयारी र पार्टीले खेल्नुपर्ने भूमिकाबारे परामर्श भएको केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले राससलाई जानकारी दिनुभयो ।

बैठकमा आजै प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली तथा मधेसी मोर्चाका नेतासँग भएको कुराकानीबारे समेत विचार विमर्श भएको थियो ।

पछिल्लो केहीदिनयता निर्वाचनको पक्षमा माहोल बनाउन सभापति देउवाले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग आन्तरिक र बहुपक्षीय संवाद गर्दै आउनुभएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्