३१ जेठ २०८३, आइतबार

समुद्रभित्र दिशाको भिडियो

असार १५, २०७७
समुद्रभित्र दिशाको भिडियो

दिशा पटानी आफ्नो फेसन सेन्स, ग्ल्यामरस लुकका साथै फिटनेसका कारण चर्चामा रहन्छिन्।

उनी कहिले डान्स त कहिले भिडियो सेयर गरेर सोसल मिडियामा उच्च स्थान बनाउँछिन्। कोरोना भाइरसका कारण अहिले फिल्मको सुटिङ भएका छैनन्। तर पनि उनी भिडियो बनाएर धूम मच्चाइरहेकी हुन्छिन्।

अहिले दिशाले आफ्नो एक भिडियो सेयर गरेकी छन् जसमा उनी समुद्रभित्र पौडदै गरेको देखिएकी छन्। यो भिडियो फिल्म ‘मलंग’ को सुटिङको क्रममा खिचिएको हो। दिशाले यो भिडियोको क्याप्सनमा लेखेकी छन्, ‘फिल्म मंगलको सुटिङको क्रममा यो भिडियो बनाइएको थियो। त्यो समय मेरा लागि विशेष थियो।’

दिशाको यो भिडियो अहिलेसम्म तीन लाख ९६ हजारभन्दा बढी पटक हेरिएको छ। फ्यानले उनको यो स्टाइल निकै मन पराएका छन्। दिशा छिट्टै सलमान खानसँग फिल्म ‘राधे’ मा मुख्य भूमिकामा देखिँदै छिन्। यसका साथै उनीसँग केटिना र एक भिलेन–२ जस्ता फिल्म पनि छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्