१९ असार २०८३, शुक्रबार

जापानमा ज्वालामुखी विस्फोट भएर बन्यो नयाँ टापु

असार १५, २०७७
जापानमा ज्वालामुखी विस्फोट भएर बन्यो नयाँ टापु

जापानको राजधानी टोक्योबाट लगभग ९४० किलोमिटर पर रहेको एउटा ज्वालामुखी आइतवार विस्फोट भएको छ । 

ज्वालामुखी विस्फोट भएपछि उत्तरपूर्वतिर लाभा तीव्र गतिमा बगिरहेको छ । आकाशमा १२ हजार ४६७ फीट माथिसम्म धूँवा उडेको छ । यो ज्वालामुखी विगत ६ देखि ७ वर्षमा ११ गुणा बढेको छ । 

ज्वालामुखीको नाम निशिनो–शीमा हो । यसबाट निस्केको लाभा तीव्र गतिमा बगिरहेको कुरा जापानको कोस्ट गार्डले पुष्टि गरेको छ । 

निशिमो–शीमा सन् २०१९ को डिसेम्बर ६ देखि सक्रिय छ । बिहीवार ठूलो विस्फोट भएदेखि लगातार विस्फोट भइरहेको छ । 

आजभन्दा ४६ वर्षअघि सन् १९७४ मा निशिमो–शीमा सानो टापु थियो । यसमा विगत १० हजार वर्षदेखि कुनै विस्फोट भएको थिएन । त्यतिखेर यो टापु ज्वालामुखीको माथिल्लो भाग थियो र त्यो समुद्र बाहिर देखिन्थ्यो ।

यस ज्वालामुखीले विगत सात वर्षयता धेरै लाभा बगाएकाले चारैतिर तीन वर्गकिलोमिटरको टापु बनेको छ । यो टापु लाभा जमेर बनेको पत्थरबाट निर्मित भएको हो । यसलाई निजिमा टापु वा रोजारियो टापु पनि भनिन्छ । अहिले यो वैज्ञानिकहरूका लागि अध्ययन केन्द्र बनेको छ । 

ज्वालामुखीको उचाइ बढेर ५२० फीट भएको छ । यसको आकार बढ्दै जाँदा अनि लगातार विस्फोट हुँदै जाँदा भूवैज्ञानिकहरू चिन्तित बनेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्