२५ जेठ २०८३, सोमबार

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा भारतीय मिडियाको प्रतिक्रिया– भारतमाथि झुटो आरोप !

प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा भारतीय मिडियाको प्रतिक्रिया– भारतमाथि झुटो आरोप !

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूविरुद्ध भारत र नेपालका केही नेताहरू लागेको बताएपनि भारतीय मिडियाहरूले यसलाई प्राथमिकताका साथ खबर लेखेका छन् । 

आइतवार मदन भण्डारी स्मृति दिवसको अवसरमा बोल्दै उनले सरकार ढलाउन चलखेल शुरू भएको बताएका थिए । 

भारतीय मिडिया न्यूज एबीपीले नेपालका प्रधानमन्त्रीको ठूलो आरोप, भारत गरिरहेको छ पदबाट हटाउने षड्यन्त्र शीर्षकमा समाचार लेखेको छ । समाचारमा भनिएको छ, नेपालका प्रधानमन्त्री ओलीले भारतले उनलाई प्रधानमन्त्री पदबाट हटाउने शड्यन्त्र गरिरहेको  आरोप लगाएका छन् । 


नेपालले आफ्नो भूभाग फिर्ता ल्याउन संविधान संशोधन नै गरेपछि भारतले आफूविरुघद्ध षड्यन्त्र गर्न थालेको प्रधानमन्त्रीको भनाइ भएको खबरमा लेखिएको छ । यसबारे भारत सरकारको भने अहिलेसम्म कुनै प्रतिक्रिया नआएको उल्लेख छ । 

यस्तै भारतीय मिडिया द हिन्दुले प्रधानमन्त्री ओलीले आफ्नो सरकारलाई पतन गर्न भारतमा विभिन्न बैठकहरू बसेको आरोप लगाएको भन्दै समाचार लेखेको छ । 
प्रधानमन्त्री ओलीले संसदमा सरकारले बहुमत पाउने र नेपालले भूभाग फिर्ता ल्याएरै छाड्ने दावीलाई महत्वका साथ लेखेको छ । 
उसले समाचारमा भनेको छ, प्रधानमन्त्री ओलीले सरकार र नेपालका विरुद्ध भारतमा विभिन्न संगठनहरू बैठक बसिरहेको दिल्लीबाट  आएको समाचारले पुष्टि गर्ने बताएका छन् । 

जी न्यूजले नेपालको प्रधानमन्त्रीलाई कुर्सीको चिन्ता भन्दै समाचार लेखेको छ । उसले ओलीको भारत विरोधी वक्तव्यले नेपालकै जनता भड्किएको आरोप लगाएको छ । उसले ओली सरकारप्रति नेपालकै सांसदहरूको असन्तुष्टि रहेको दावी गरेको छ ।  

उसले ओलीले आफ्नो सत्ता गिर्ने डर भएपछि भारत विरोधी कार्ड फ्याकेर नेपाली जनतालाई खुशी बनाउन खोजेको आरोप लगाएको छ । 

नवभारत टाइम्सले नेपाली पीएम ओलीका नयाँ बबाल, इशारामा बोले भन्ने शीर्षकमा समाचार छापेको छ । उसले नेपालका प्रधानमन्त्री ओलीको कुर्सी निरन्तर खतरामा रहेको आरोप लगाएको छ । नेकपामा आएको आन्तरिक विवाद र देशमा सरकार विरोधी गतिविधि बढेपछि ओलीले ध्यान भट्काउन उग्र राष्ट्रवादको प्रयोग गरिरहेको उसले दावी गरेको छ ।


उसले ओलीको पार्टीमा प्रचण्ड तूफान भन्ने सबटाइटलमा ओलीको पार्टी फूटको स्थितीमा पुगेको बताएको छ । उसले प्रचण्डले ओलीको राजीनामा मागेको र राजीनामा नदिए पार्टी फूटाउने चेतावनी दिएको भन्दै झुटो आरोप समेत लगाएको छ ।

ओलीले सत्ताका लागि सेनाको सहारा लिइरहेको समेत नवभारत टाइम्सको आरोप छ । उसले ओलीले सत्तामा रहिरहनका लागि पाकिस्तानी, अफगानी वा बंगलादेशी मोड अपनाउन खोजेको भन्दै त्यस्तो प्रयास नेपालमा सफल नहुने दावी गरेको छ । 

बिबिसी हिन्दीले पीएम ओलीले भारत र भारतीय दूतावासमाथि आरोप लगाएको भन्दै समाचार प्रकाशित गरेको छ । उसले ओली आफ्नो पार्टीमा गिरिसकेको बताउँदै उनको आलोचनासँगै राजीनामा पनि मागिएको लेखेको छ ।  
 


 

salt training

कमेन्ट गर्नुहोस्