
प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवसायीलाई अप्ठ्यारो बनाउने नियत सरकारको नभएको स्पष्ट पारेका छन् ।
नेपाल उद्योग परिसंघ (सीएनआई)को वार्षिक साधारणसभालाई सोमबार भिडियोमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उद्योगीको भुमिकालाई सरकारले उच्च कदर गर्ने बताए ।
प्रधानमन्त्री ओलीले निजी क्षेत्रको नियमनमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गर्ने गरी कानून नबन्ने बताए ।
उनले भने, ‘अख्तियार विधेयकमा निजी क्षेत्रको असहमतिबारे म स्पष्टसँग जानकार छु,’ उनले भने, ‘सरकारले अख्तियारले निजी क्षेत्रलाई समेत हेर्ने गरी आएको विधेयक अगाडि बढाउँदैन ।’
उनले व्यवसायीहरुलाई एउटै छाता संगठन भित्र रहँदा राम्रो हुने बताए ।