०५ साउन २०८३, मंगलबार

बाहिर निस्कदा दुई मिटरको भौतिक दूरी कायम गर्न सरकारको अपील

बाहिर निस्कदा दुई मिटरको भौतिक दूरी कायम गर्न सरकारको अपील
फाइल फोटो।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेका बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता र सचेतना अपनाउन आह्वान गरेको छ।

पछिल्लो २४ घण्टामा ४ सय ७६ जनामा कोरोना सङ्क्रमण देखिएको छ। हालसम्म  १३ हजार २ सय ४८ जना सङ्क्रमित भएका छन्।

स्वास्थ्य मन्त्रालयका  प्रवक्ता डा जागेश्वर गौतमले हाल काठमाडौँ उपत्यकालगायत घनाबस्ती भएका शहरमा कोरोनाका संक्रमित बढेको बताए।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा उनले  सङ्क्रमण वृद्धि भएकाले दुई मिटरको दूरी कायम गर्न, मास्क प्रयोग गर्न र साबुनपानीले मिचीमिची हात धुन, अत्यावश्यक काम नपरी घरबाट बाहिर ननिस्कन स्वास्थ्य मन्त्रालय अपिल गरेका हुन्।  यसअघि एक मिटरको भौतिक दूरी कायम गर्न भनिँदै आइएको थियो।  

salt training

कमेन्ट गर्नुहोस्