२८ असार २०८३, आइतबार

देउवालाई प्रधानमन्त्री बन्न हतार, ओलीसँग मागे सहयोग

कात्तिक २०, २०७४
देउवालाई प्रधानमन्त्री बन्न हतार, ओलीसँग मागे सहयोग
काठमाडौं, १७ बैशाख कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग शनिबारको भेटवार्तामा देउवाले पहिलो चरणको चुनाव हुन नसके आफ्नो नेतृत्वमा बन्ने सरकारले एउटै चरणमा चुनाव गर्ने प्रतिबद्धता जनाउँदै सहयोग मागेका हुन्, आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।Sher-Bahadur-Deuba

‘३१ गतेका लागि तोकिएको मितिमा चुनाव गर्न कठिनाइ भयो भने मेरो नेतृत्वमा बन्ने सरकारले चुनाव गर्नेछ,’ देउवाको भनाइ उद्धृत गर्दै ओलीनिकट स्रोतले भन्यो, ‘त्यसवेला तपाईंको पनि सहयोग हुनेछ भन्ने अपेक्षा छ ।’ जवाफमा ओलीले सरकार फेरबदल एमालेको चासो र सरोकारको विषय नभएकाले एउटै चरणमा निर्वाचन हुनुपर्नेमा जोड दिएका थिए । ‘सरकार परिवर्तन हुने–नहुने, त्यसमा को जाने(नजाने, हाम्रो चासो र सरोकारको विषय होइन,’ ओलीको भनाइ थियो, ‘तर, निर्वाचन एउटै चरणमा हुनुपर्छ, निर्वाचन आयोगले कठिनाइ हुन्छ भन्यो भने ‘एक डेढ हप्ताको समय ग्याप राखेर दुई चरणमा चुनाव गर्न सकिन्छ ।’

salt training

कमेन्ट गर्नुहोस्