१३ असार २०८३, शनिबार

राउटेले लगाएको तरकारीले बजार पाएन

कात्तिक २०, २०७४
राउटेले लगाएको तरकारीले बजार पाएन


डडेल्धुरा, ८ पुस - केही वर्षपहिले सम्म जङ्गलमा नै बसी जङ्गली कन्दमूल, गिट्ठा भ्याकुर खाएर जीविकोपार्जन गरिरहने राउटे जातिका मानिसलाई नेपाल सरकारले पुनःस्थापना गरेपश्चात् व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख भएका थिए ।Rauta

जङ्गली ओडार छोडेर गाउँघरमा बस्नाका साथै खेतबारीमा अन्न लगाउन पनि उनीहरु अग्रसर बनेका हुन् । राउटे जातिका मानिस जोगबुढाको अमपानीमा व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएका भए पनि तरकारीले बजार नपाउँदा र लगानी अनुरुपको तरकारीको मूल्य पनि बजारमा नहुँदा चिन्तित बनेको राउटेका मुखिया खड्कसिंह राउटेले जानकारी गराए ।

अन्य व्यावसायिक कृषक जस्तै मुख्य पेसा तरकारी व्यवसाय बनाएका राउटेले लगाएको तरकारीमा बन्दा, काउली, आलु र अन्य तरकारी समेत वजारमा खपत नहुँदा पहिलोपटक व्यावसायिक तरकारी उत्पादनमा लागेका राउटे अगुवा कृषक हतोत्साही हुनाका साथै व्यवसाय नै छोड्ने मनसाय बनाइरहेको तरकारीका क्षेत्रमा काम गरिरहेका गैरसरकारी संस्थाको भनाइ छ ।

परशुराम नगरपालिकाको जोगबुढा र शीर्ष क्षेत्रका कृषकले लगाएको तरकारी बजारमा खपत नहँुदा कृषक पिरोलोमा परेका छन् । भित्री मधेसको आलितालको विभिन्न क्षेत्रमा लगाएको बन्दा र काउली, मुला र हरियो तरकारीले उचित मूल्य नपाउँदा कृषक फेरि पुख्र्याैली खेतीतिर फर्कने मनस्थिति रहेको जोगबुढा आमपानीका दानसिंह राउटेले बताए ।

करिब तीन रोपनी जमिनमा तरकारी उत्पादन समेत राम्रो भएको तर बजारका लागि स्थानीय स्तरमा खपत हुन नसकेर जिल्ला सदरमुकाममा सस्तो मूल्यमा दिनु परेको कृषकको भनाइ छ ।

उत्पादन भएको तरकारीलाई समयमा बेचबिखन गर्न नसके सडेर खेरजाने भएकाले पनि सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहको र सस्तोमा दिँदा पनि उत्पादन अनुसारको तरकारी खपत भइनरहेको राउटेकोे भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्