![प्रेमिकासँग बिहे गर्न नदिएको झोंकमा यी युवकले पत्नीलाई कपालमा समातेर घिसारे [भिडियोसहित]](https://lktcdn.prixacdn.net/media/%E0%A5%A7_2e29AAc29G.png)
अर्की युवतीसँग विवाह गर्न रोकेको भन्दै एक युवकले आफ्नी पत्नीमाथि दुव्र्यवहार गरेका छन् ।
ती युवकले आफ्नी पत्नीको कपालमा समातेर घिसारेको तस्वीर अहिले समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
यो घटना भारत बिहारको हो । त्यहाँको बैसाली जिल्लाको एक गाउँमा जुन २४ मा यो घटना भएको डेलीमेलले उल्लेख गरेको छ ।
सार्वजनिक भिडियोमा एक महिला भुईँमा देखिन्छिन् र अर्का व्यक्तिले महिलाको कपाल समाएर घिसारेको देखिन्छ ।
रिपोर्टका अनुसार, जुन २५ मा ती युवकले अर्की युवतीसँग विवाह गर्दैथिए ।
त्यसपछि पीडित युवतीले गाउँमा आएर आफूसँग पहिले नै युवकले कानूनी रुपमा विवाह गरिसकेको बताएकी थिइन् ।
रिपोर्टका अनुसार ती युवकले अर्की युवतीसँग कानूनी रुपमा विवाह गर्न लागेका थिए वा गैर कानूनी रुपमा भन्ने खुलेको छैन ।