२४ जेठ २०८३, आइतबार

कर्णालीमा पहिलो पटक कृषि अनुसन्धान केन्द्रमा देखियो सलहको झुण्ड

असार १६, २०७७
कर्णालीमा पहिलो पटक कृषि अनुसन्धान केन्द्रमा देखियो सलहको झुण्ड
प्रतिकात्मक तस्वीर

कृषि बालीमा क्षति पुर्‍याउँदै आएको सलहको झुण्ड कर्णालीमा पहिलो पटक देखिएको छ ।

कर्णाली प्रदेशका अन्य क्षेत्रमा सलह देखिएको सार्वजनिक नहुँदै सलहबारे अध्ययन गर्ने निकाय कृषि अनुसन्धान केन्द्रमा नै पहिलो पटक सलह देखिएको छ ।

कृषि अनुसन्धान केन्द्र दशरथपुर सुर्खेतमा मंगलवार सलह देखिएको केन्द्र प्रमुख बन्दुराज बरालले जानकारी दिए । ‘आज बिहान मात्रै हाम्रो अनुसन्धान केन्द्रमा सलह देखिएको छ । यो धेरै ठूलो समूहमा छैन । कतैबाट छुट्टिएर आएको सानो झुण्ड हो,’ उनले भने, ‘वरिपरिका किसानको बारीमा आएको हामीलाई खबर आइसकेको छैन । यो संख्यामा रहेको सलहले बालीनालीमा त्यति असर पार्दैन ।’

सलह ठूलो संख्यामा आएमा थाली र ड्रम बजाएर सलह भगाउने र आवश्यक परे विषादी पनि प्रयोग गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए । ‘सानो बिउ भएको स्थानमा मान्छेले नै सलहलाई भगाउने र ठूलो स्थानमा आवश्यक परेको खण्डमा विषादी नै प्रयोग गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने, ‘अहिले नै आत्तिनुपर्ने अवस्था भने छैन तर सचेत भने बन्न आवश्यक छ ।’

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरि पण्डितले पनि दशरथपुरमा सलह भेटिएको पुष्टि गरे । ‘त्यहाँ सानो झुण्डमा सलह देखिएको साँचो हो,’ उनले भने, ‘सलहबाट अन्नबालीमा हुने क्षति न्यूनीकरण गर्न पालिका, केन्द्र, निजी क्षेत्र र किसानसँग मिलेर अघि बढ्ने योजना बनाएका छौं ।’

salt training

कमेन्ट गर्नुहोस्