३२ असार २०८३, बिहीबार

कार्यालयमा पुरुष कर्मचारीले अपांग महिला कर्मचारीमाथि गरे हातपात, गरियो बर्खास्त (भिडियो)

असार १६, २०७७
कार्यालयमा पुरुष कर्मचारीले अपांग महिला कर्मचारीमाथि गरे हातपात, गरियो बर्खास्त (भिडियो)

भारतको नेल्लोरमा पर्यटन कार्यालयमा मंगलवार एक अपांग महिलामाथि उपव्यवस्थापकले हातपात गरेको घटना भिडियोमा कैद भएको छ । 

पर्यटन अधिकारीहरूका अनुसार, पीडितको नाम उषा रानी हो । सिनियर असिस्टेन्ट रानीले उपव्यवस्थापक सी भास्करलाई प्रोटोकल मुताबिक मास्क लगाउन भनेकी थिइन् । आफूभन्दा तल्लो तहको कर्मचारीले आफूलाई आदेश दिएको भन्दै रिसको सुरमा उनले रानीमाथि आक्रमण गरेका थिए । 

भिडियोमा भास्करले महिलालाई कपाल समातेर घिसारेको र काठको लट्ठीले हिर्काएर गम्भीर घाइते बनाएको देखिन्छ । कार्यालयको सीसीटीभी क्यामरामा कैद भिडियो सामाजिक सञ्जालमा लीक भएपछि तत्कालै भाइरल भयो र भास्करको चौतर्फी निन्दा भयो । 

उषाले नेल्लोर प्रहरीमा भास्करविरुद्ध उजुरी दिएकी छन् ।

पर्यटन कार्यालयका प्रबन्ध निर्देशक प्रवीण कुमारले भास्करलाई तत्कालै पदबाट बर्खास्त गरे र उनीविरुद्ध अनुशासनात्मक कारवाहीका लागि छानबीन समिति गठन गरे । 

salt training

कमेन्ट गर्नुहोस्