
प्रदेश ५ का प्रदेश प्रमुख धर्मनाथ यादवले दुई विधेयक प्रमाणीकरण गरेका छन्।
प्रमुख यादवले प्रदेशसभाका बैठकबाट पारित वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सडक निर्माण, मर्मतसम्भार तथा विस्तार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको प्रदेश प्रमुखको कार्यालयले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।
प्रदेशसभाको बैठकले गत जेठ १७ वातावरण संरक्षणसम्बन्धी र जेठ ३२ गते सडक निर्माणसम्बन्धी विधेयक पारित गरेका थिए ।