०२ असार २०८३, मंगलबार

एकैदिन ६० जनाले जिते कोरोना

एकैदिन ६० जनाले जिते कोरोना
प्रतिकार्यात्मक तस्वीर।

 नेपालमा पछिल्लो २४ घण्टामा ६० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा गरिएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार  तीमध्ये ९ महिला र ५१ पुरुष छन्।

अहिलेसम्म डिस्चार्ज हुनेको संख्या तीन हजार १ सय ९४ पुगेको छन्। तीमध्ये महिला २ सय ७७ र पुरुष दुई हजार ९ सय १७ छन्। 

मंगलबार डिस्चार्ज हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एक पुरुष, आइसोलेसन सेन्टर कोहलपुर बाँकेबाट एक पुरुष, अल्पाइन नर्सिङ सर्लाहीबाट १५ पुरुष, साईकृष्ण आइसोलेसन सप्तरीबाट १५ पुरुष, गण्डक अस्पताल पर्साबाट दुई पुरुष र 
छन्। 

जलेश्वर अस्पताल महोत्तरीबाट चार पुरुष, कोशी अस्पतालबाट चार पुरुष दुई महिला, मोरङ जिल्ला अस्पतालबाट तीन महिला र दुई पुरुष, पाँचथरबाट  एक महिला तथा सुनसरीबाट एक महिला एक पुरुष र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आठ पुरुष डिस्चार्ज भएका छन्।  

salt training

कमेन्ट गर्नुहोस्