२४ जेठ २०८३, आइतबार

भारतका होटल र ट्याक्सीमा चिनियाँ नागरिकलाई प्रवेश निषेध !

असार १७, २०७७
भारतका होटल र ट्याक्सीमा चिनियाँ नागरिकलाई प्रवेश निषेध !

भारत र चीनबीच सीमा विवाद चर्किरहेका बेला भारतको दिल्लीस्थित होटल र ट्याक्सीले चिनियाँ नागरिकलाई आफ्ना सेवामा निषेध गर्ने निर्णय गरेका छन् ।

होटल एसोसिएसनपछि टूर एण्ड ट्राभल्स एसोसिएसनले होटल र ट्याक्सी सेवामा चिनियाँलाई निषेध गर्ने निर्णय गरेका छन् ।

दिल्ली टूर एण्ड ट्राभल्स एसोसिएसनका उपाध्यक्ष कमल छिब्बरले चिनियाँ नागरिकलाई ट्याक्सीमा चढ्न नदिने निर्णय भएको बताए । भारतीय सञ्चारमाध्यम आजतक अनुसार दिल्लीमा रहेका ५०० भन्दा बढी ट्याक्सी एसोसिएसनमा आवद्ध छन् ।

होटल र ट्याक्सीमा चिनियाँ नागरिकलाई निषेध गरिएका सूचना टाँसिएका छन् । सुशान्त टूर एण्ड ट्राभल्सका सञ्चालक विजय तिवारीले टूर प्याकेजमा चिनियाँ नागरिकलाई प्रवेश नदिने नीति लिइएको बताए ।

भारत–चीनबीच देखिएको गलवान विवादमा भारतीय सैनिकको मृत्यु भएपछि भारतमा चिनियाँलाई निषेध गर्ने निर्णय भइरहेका छन् । विवादबीच केन्द्र सरकारले समेत टिकटक लगायत ५९ वटा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्